तपाईँ सुन्दै हुनुहुन्छः

घरको भान्छा कोठामा आगो लाग्दा ५ लाख बराबरको क्षति 

चितवन । चितवनमा घरको मान्छाकोठामा आगो लाग्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ । आज बिहान ७ बजेर २० मिनेट जाँदा राप्ती नगरपालिका वडा नम्बर ७ (फोर ग्रुप)  बस्ने उत्तम कुमार मगरको टिनले छाएको घरको भान्छा कोठामा एक्कासी खाना पकाउने ग्याँस लिक भई  आगलागी भएको हो । 

आगलागीबाट भान्छा कोठामा भएको सम्पुर्ण भाँडाकुँडा, खानेकुराहरू, फर्निचरका सामानहरू जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी टोली ,  दमकल, र स्थानीयको सहयोगमा ०८ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै मानवीय एवं चौपाया क्षति भएको छैन  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button