निर्वाचनको तयारी स्वरूप बारामा नमुना मतदान
बारा । आउँदै गरेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारी स्वरूप बारामा नमुना मतदान सम्पन्न भएको छ ।

बारा क्षेत्र नं. २ का लागि महागढीमाईमा र निर्वाचन क्षेत्र नं. १ का लागि कोल्हबीमा र क्षेत्र नं.४ को जीतपुरमा नमुना मतदान सम्पन्न भएको हो । आइतबार क्षेत्र नं. ३ को सदरमुकाम कलैयामा नमुना मतदान हुने निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताउनुभयो ।
नमुना मतदानमा कसरी मत हाल्ने, कति वटा मतपत्रमा कसरी मतदान गर्ने, सुरक्षा घेरा कस्तो हुने, मत लैजाने, पानी हाल्ने जस्ता प्रयोगात्मक विधिबाट नमुना मतदान सम्पन्न भएको हो ।
नमुना मतदानमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, सुरक्षा निकाय, पत्रकार, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, मतदाता लगायतको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्