तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा एक पुरुष मृत भेटिए

बझाङ । बझाङमा एक पुरुष मृत फेला परेका छन् । 

जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर २ घोगाणा घर भएका ४५ वर्षका विक्रम बोहरा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुधबार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडेका बोहरा अबेरसम्म घरमा नपुगेपछि उनका आफन्तले खोजी गर्दा बिहीबार सोही ठाउँको मेडिखान भन्ने स्थानमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश दत्त अवस्थीले बताउनुभयो । 

शवलाई पोष्टमाटम गरेर दाहसंस्कारको लागि आफन्तले लगिसकेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको समेत सूचना अधिकारी अवस्थीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button