तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्बासी मुद्दालाई निर्वाचनमा भोट बटुल्ने औजार बनाउन हुँदैन : अध्यक्ष लिङ्देन

फाइल तस्बिर

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुकुम्बासी समस्या समाधानका मुद्दालाई चुनावमा भोट बटुल्ने औजार बनाउन नहुने बताउनुभएको छ  । 

जिल्लाको चौदण्डिगढी नगरपालिकास्थित बेल्टारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूहरू देशमा ठुलो परिवर्तन गर्ने सोचका साथ अघि बढिरहेको बताउनुभयो । 

उहाँले आफ्नै जीवनकालमा देश बनोस् भन्ने सोच भएकाहरूले अब विकल्प खोज्नु पर्ने समेत बताउनुभयो  । 

कार्यक्रममा पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ केन्द्रीय सदस्य हरिबहादुर बस्नेत लगायतका नेताहरूको उपस्थिति रहको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button