तपाईँ सुन्दै हुनुहुन्छः

मदिरा बिक्री वितरण र सेवनमा रोक

बझाङ । बझाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

मङ्सिर ४ गते हुन प्रतिनिधि र प्रदेशसभा सदस्यहरूको निर्वाचनलाई लक्षित गरेर जिल्लामा कात्तिक २५ गतेदेखि मतगणनाको नतिजा सार्वजनिक नभए सम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्ण रुपमा रोक लगाइएको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । सूचनामा मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button