तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा नमूना मतदान, मत बदर कम गर्ने लक्ष्य

अछाम । बदर मत कम गर्न अछाममा नमूना मतदान गरिएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरि जिल्लाका २ ठाउँमा नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्णसिंह नायकले बताउनुभयो ।  

जिल्ला निर्वाचन कार्यालय अछामको आयोजनामा साँफेबगर नगरपालिका ४ मष्टामाण्डौ स्थित जनकल्याण माध्यमिक विद्यालय र चौरपाटी गाउँपालिकामा नमूना मतदान गरिएको हो ।

निर्वाचनमा मत कसरी हाल्ने, मतपत्र कस्तो कस्तो किसिमको हुन्छ, के गर्दा मतपत्र बदर हुन्छ ,के गर्दा हुँदैन, कुन मतपत्र कुन निर्वाचन प्रणालीको हो भन्ने कुरा नागरिकलाई सिकाउनको लागि नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी नायकले बताउनुभयो । 

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अछाममा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि ७७ हजार ३ सय ९० पुरुष ,८१ हजार २ सय ६५ गरी कुल १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेका छन् । 

जिल्लाका ९१ वटै वडामा महिला स्वास्थ्य स्वयंसेविका मार्फत मतदाता शिक्षा पनि शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button