जलवायु परिवर्तनकोविरूद्ध ‘ऐक्यबद्धता’ वा ‘सामूहिक आत्महत्या’ को विकल्प रोज्ने समय आएको संयुक्त राष्ट्रसङ्घ प्रमुखको भनाइ
शर्म अल शेख, इजिप्ट। संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनले खडेरी, बाढी र गर्मी तीव्र पारिरहेका बेला ‘हाम्रो जीवनको लडाइँ’ मानवताका लागि रहेको इजिप्टमा सोमबार भएको छलफलमाका क्रममा विश्वका नेताहरूसँग बताउनुभएको छ ।
कोभिड–१९ को महामारी र युक्रेनमा रूसको आक्रमणदेखि लिएर अन्तर्राष्ट्रिय सम्बन्धलाई झकझक्याइरहेको अन्तर्राष्ट्रिय आर्थिक सङ्कटका बीच गुटेर्रेसले अन्तर्राष्ट्रिय समुदायले कडा विकल्पको सामना गर्नुपर्ने बताउनु भएको छ ।
‘सहयोग गर्नुस्, नत्र विलय हुन तयार हुनुस्’ उहाँले रेड सीको रिसोर्ट शर्म अल शेखमा आयोजित संयुक्त राष्ट्रसङ्घको कोप–२७ शिखर सम्मेलनमा नेताहरूसँग भन्नुभयो । उहाँले भन्नुभयो, “यो या त जलवायु एकता सम्झौता हो, वा सामूहिक आत्महत्याको सम्झौता हो ।”
गुटेर्रेसले धनी देशहरू र उदीयमान अर्थतन्त्रहरूबीच ‘ऐतिहासिक’ सम्झौताको लागि आह्वान गरे जसले उत्सर्जन घटाउने र तापमान वृद्धिलाई अधिक महत्वाकाङ्क्षामा राख्ने छ । पेरिस सम्झौताले पूर्व–औद्योगिक युगभन्दा १.५ डिग्री सेल्सियसको लक्ष्य राखेको छ ।
उहाँले सबैका लागि नवीकरणीय र सुलभ ऊर्जा उपलब्ध गराउने लक्ष्य राख्नुपर्ने बताउँदै शीर्ष उत्सर्जकहरू संयुक्त राज्य अमेरिका र चीनलाई विशेष गरी आफ्नो प्रयासलाई अगाडि बढाउन आह्वान गर्नुभयो । संयुक्त राष्ट्र प्रमुखले भन्नुभयो, “वर्तमान यात्रामा हामी जलवायु परिवर्तनको नारकीय राजमार्गमा छौं र हाम्रो खुट्टा अझै पनि एक्सेलेरेटरमा रहेको छ ।”
– ‘नैतिक अनिवार्यता’ –
अहिलेसम्म करिब १.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ र यसको प्रभाव सबै क्षेत्रमा तीव्र गतिमा बढिरहेको छ ।
अफ्रिकामा ठूलो खडेरीका कारण लाखौं मानिस भोकमरीको चपेटामा परेका छन्, पाकिस्तानमा आएको भीषण बाढीले खेतीयोग्य जमिन डुबाएको छ र पूर्वाधार नष्ट भएको छ, जसका कारण ३० अर्ब डलरभन्दा बढीको क्षति भएको विश्व बैंकले जनाएको छ ।
विकासशील राष्ट्रहरूले एक सानो जीत हासिल गरे जब प्रतिनिधिहरूले ‘हानि र क्षति’ को लागि पहिले नै महसुस गरिएको प्रभावहरूको लागि सहायता पैसाको विवादास्पद मुद्दा शिखर सम्मेलनको एजेन्डामा राख्न आइतबार सहमत भएका छन् ।
गुटेर्रेसले जलवायु परिवर्तनका लागि सबैभन्दा कम जिम्मेवार मुलुकलाई धनी प्रदुषकहरूले सहयोग गर्नु ‘नैतिक अनिवार्यता’ भएको बताउनुभयो ।
उहाँले युक्रेन युद्ध र विश्वले सामना गरिरहेका अन्य सङ्कटहरूले धेरैको ध्यान खिच्न सक्ने तर तीमध्ये धेरै ‘बढ्दो जलवायु अराजकता’ सँग सम्बन्धित रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घका महासचिवले मानव गतिविधिले पृथ्वीको छैटौं सामूहिक लोप हुने सङ्कटलाई निम्त्याएको हामीले खाने खाना, पानी र हामीले सास फेर्ने हावालाई खतरामा पारेको ठूलो जैविक विविधताको क्षतिबारे पनि सम्बोधनमा उल्लेख गर्नुभयो । गुटेर्रेसले भन्नुभयो, “प्रकृतिविरुद्धको युद्ध आफैंमा मानव अधिकारको ठूलो उल्लङ्घन हो भन्ने कुरा नबिर्सौं ।”
उहाँले भन्नुभयो, “हाम्रो निगरानीमा यस महत्वपूर्ण दशकमा जलवायुविरूद्धको सङ्घर्षले जित्ने वा हराउनेछ ।”
यसै महिना विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने अनुमान गरिएको बेला गुटेर्रेसले इजिप्टमा भेला भएका विश्वका नेताहरूलाई आफूले अहिले र आगामी वर्षहरूमा गर्ने निर्णयहरू पुस्तौंसम्म प्रतिध्वनित हुने विश्वास दिलाउनुभयो ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्