तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिक समाजका गहना हुन्: मुख्यमन्त्री राउत

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ज्येष्ठ नागरिक समाजको गहना भएको बताउनुभएको छ ।

बीरगञ्ज महानगरपालिकाको ८ मा चुनावी घरदैलो पछि आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिकबाट धेरै कुरा अहिलेका युवाहरूले सिक्नुपर्ने बताउँदै ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिक हेलाको पात्र नभई सम्मानको पात्र र ज्ञानको भण्डार समेत रहेको हुँदा उनीहरूको ज्ञानलाई अहिलेको विज्ञानसँग जोडेर समाज परिवर्तनको दिशामा युवा अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पर्सा १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले दुई दर्जन बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्दै ज्येष्ठ नागरिक समाजका गहना र अभिभावक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button