राष्ट्रियता र स्वाभिमानको पक्षमा एमाले सतिसाल हो : सचिव अर्याल

स्याङ्जा । नेकपा एमालेका सचिव पद्मा अर्यालले राष्ट्रियता र स्वाभिमानको लागि एमाले सतिसाल भएको बताउनुभएको छ ।
नेकपा एमालेको सरकारले लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेको भन्दै चुच्चे नक्सा सार्वजनिक गर्ने आँट कुनै सरकारको नरहेको भन्दै यो सम्भव एमालेको सरकारको पालामा भएको बताउनुभयो ।
एमालेको सरकारका पालामा महत्त्वपूर्ण ऐतिहासिक काम भएको भन्नुहुँदै सचिव अर्यालले रेल र पानी जहाजका कुरा गर्दा प्रतिपक्षीले उडाएको तर अहिले त्यो सम्भव भएको बताउनुभयो ।
भेलालाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्