आचार संहिता विपरीतका सवारी साधन नियन्त्रणमा
जनकपुरधाम । धनुषामा निर्वाचन आचार संहिता विपरीत ठूला हर्न तथा डिजे सहितका प्रचार सामाग्रीहरू लगाएर प्रचार प्रसार गरेको भन्दै निर्वाचन आचार संहिता अनुगमन समितिले १ दर्जन भन्दा बढी गाडी नियन्त्रणमा लिएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार आचार संहिता विपरीतका गतिविधि गरिएकाले ती गाडी नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भारतीय नम्बर प्लेटका केही सवारी साधन पनि रहेका छन् । भारतीय नम्बर प्लेटका सवारी साधनलाई निर्वाचनमा प्रयोगमा निषेध गरिएको छ ।

निर्वाचन आचार संहिता विपरीतका प्रचार सामाग्रीसहित पक्राउ पर्नेमा धनुषाका निर्वाचन क्षेत्र नंं ३ र ४ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारका सवारी साधन रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्