प्रदेश सरकारले गरेको कामको मूल्याङ्कन जनताले गर्ने बेला आयो : मुख्यमन्त्री राउत

बीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री एवं पर्सा निर्वाचन क्षेत्र नं. १ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार लालबाबु राउतले प्रदेश सरकारले गरेको कामको मूल्याङ्कन जनताले गर्ने बेला आएको भन्दै मङ्सिर ४ गतेको प्रतीक्षामा आफू रहेको बताउनुभएको ।
बीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेश सरकारले बीरगंजको विकासका लागि धेरै काम गरेको हुँदा वीरगंजवासीले त्यसलाई नबिर्सिने बताउनुभयो ।
मुख्यमन्त्री राउतले आफूहरूले मधेशी जनताको भावना अनुसार थुप्रै ऐन कानुनहरु निर्माण गरेको तथा अध्यादेशमार्फत मधेश बिश्वबिद्यालयको स्थापना बीरगन्जमा गरेर पर्सेली जनताको सपना पुरा गरेको बताउनुभयो ।
बीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्लीमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादी (एस) बाट वडा अध्यक्ष पदमा चुनाव लडेका राजेश्वर साह कानुको नेतृत्वमा दर्जनाँै व्यक्तिहरू जसपामा प्रवेश गरेका छन् ।
नव प्रवेशीलाई मधेश प्रदेशका मुख्यमन्त्री तथा एमाले जसपा गठबन्धनका साझा उम्मेदवार लालबाबु राउत र पर्सा क्षेत्र नः १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व मन्त्री प्रदीप यादवले गम्छा, फुल माला टिका लगाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री यादवले नेकपा एमाले गठबन्धनले पर्साको ४ वटै निर्वाचन क्षेत्रमा जित्ने दाबी गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्