तपाईँ सुन्दै हुनुहुन्छः

‘डुबान र कटान समाधान गर्नेलाई भोट’

राँझा I बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दाले डुबान र कटान समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । 

बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका उनीहरूले भोट माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन माग गर्दै आएका छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि भोट माग्न गाउँ बस्ती पुग्ने राजनीतिक दलका उम्मेदवारबाट चुनावको बेला आश्वासन पाउने गरे पनि समस्या समाधान नभएको उनीहरूको गुनासो छ । “बर्सेनि हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई भोट दिने विचार गरेका छौँ”, डुडुवा गाउँपालिका–१ होलिया निवासी राजकुमार शुक्लाले भन्नुभयो, “हामी राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित छौँ तर अहिलेसम्म सरकारले समस्याको समाधानका लागि पहल गरेको छैन ।”

लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिवसमेत रहनुभएका शुक्लाले अहिले चुनावको बेला घरघरमा आएर भोट मागे पनि चुनाव जितेपछि सांसदहरु फर्केर गाउँ नजाने गरेको गुनासो गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button