भूगर्भविद्को अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा शुरु

पोखरा । पोखरामा भूगर्भविद्को अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
नेपाल भौगर्भिक समाजको आयोजनमा शुरु भएको ३५औँ अन्तर्राष्ट्रिय सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेपाल हिमालै हिमालको देश र हिमालय क्षेत्र यस प्रदेशमा भएकाले पनि गण्डकी प्रदेशमा सम्मेलन गरेको बताउनुहुँदै तालै तालको शहर पोखरामा गरिएको सम्मेलनले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा १ सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुति र १२ बटा विशेष बहसमूलक कार्यक्रम हुनेछ ।
सम्मेलनमा विदेशी र स्वदेशी गरी ३ सयभन्दा बढी भुर्गभविद्को सहभागिता रहेको छ भने सम्मेलन यही कार्तिक १६ देखि १८ गते सम्म पोखराका होटल ग्राण्डीमा सञ्चालन भइरहेको छ ।
कार्यक्रममा भूविज्ञान र इन्जिनियरिङ क्षेत्रका विशेषज्ञहरू, वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू, शिक्षाविद्, नीति निर्माता, विद्यार्थी र पेसागत समुदायका व्यक्तिबीच नवीनतम् ज्ञान विज्ञान र प्रविधिका मौलिकताबारे विचार आदान प्रदान हुने र जनताको समृद्धि र दिगो विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको डा. कविराज पौडेलले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्