सल्यानका उम्मेदवारलाई मतदातासँग भोट माग्न भ्याइनभ्याइ
सल्यान । सल्यानका राजनीतिक दलका उम्मेदवारलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धन कांग्रेस, नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवार सहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेन्डा लिएर बस्तीमा पुगेका छन् ।
सत्ता गठबन्धन तर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उप महासचिव प्रकाश ज्वाला, प्रदेश सभा (क) का नेकपा माओवादीका भीम प्रकाश शर्मा र प्रदेश सभा (ख) का नेपाली कांग्रेसका सुरेश अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरू आफ्नो पक्षमा मत माग्न घरघरमा पुगी रहेका छन् ।
सत्ता गठबन्धन तर्फका प्रदेश सभा (क)का उम्मेदवार भीम प्रकाश शर्माले पार्टीका आन्तरिक बैठक, प्रशिक्षण कार्यक्रमसँगै मतदाताको घरदैलोमा पुगेर मत माग्ने काम भइरहेको बताउनु भयो । बनगाड कुपिण्डे, बागचौर नगरपालिका, कुमाख, दार्मा, सिद्ध कुमाख गाउँपालिका पार्टीका आन्तरिक बैठकसँगै जनभेटघाटलाई तीव्रता दिएको बताउनु भयो । सिट बाँडफाँड गर्दा प्रदेश सभा (क) मा माओवादी केन्द्र) को भाग परेको भएता पनि तीन वटै दलको साझा उम्मेदवार भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नु भयो । उहाँले भन्नु भयो । उहाँले भन्नु भयो सल्यान जिल्लाको विकास र समृद्धिको खाका आफूसँग भएकाले प्रदेश सभा (क) मतदाताले गोलोघेरा भित्रको हसिया हथौडामा मतदान गरी विजयी गराउनेमा म ढुक्क छु ।
यस्तै सत्ता गठबन्धन तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार प्रकाश ज्वालाले पर्यटन विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सडक स्तरोन्नति लगायतका मुख्य चुनावी एजेन्डा अघि सारेर बस्तीमा पुगी रहेको बताउनु भयो । देशको आवश्यकता र औचित्यलाई कार्यान्वयन गर्न गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनेमा आफू आशावादी भएको उहाँको भनाई छ ।
यस्तै सत्ता गठबन्धनतर्फबाट प्रदेश सभा (ख) का उम्मेदवार सुरेश अधिकारीले कालीमाटी, त्रिवेणी, शारदा नगरपालिका भित्रका मतदाताहरूसँग भेटघाट गरेको बताउनु भयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि पार्टीका आन्तरिक भेला, छलफलसँगै मतदाता भेटघाटलाई पनि निरन्तरता दिएको बताएको छ ।






प्रतिक्रिया राख्नुहोस्