जुम्लामा २८ सय सुरक्षाकर्मी र कर्मचारी निर्वाचनमा परिचालन गरिँदै
जुम्ला । आसन्न मङ्सिर ४ गते हुने संघ प्रदेशको निर्वाचनका लागि जुम्लामा ८ सय ७८ जना कर्मचारी खटिने भएका छन् ।
जुम्लाको भौगोलिक अवस्थालाई मध्यनजर गरी आठ पालिकाका १ सय ६ वटा मतदान केन्द्रमा ८ सय ७८ जना कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताउनुभयो ।
जुम्लामा १ सय ६ मतदान केन्द्र र ८३ वटा मतदानस्थल कायम गरिएको छ ।
त्यसैगरी निर्वाचनलाई शान्त मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले निर्वाचनको सुरक्षार्थ जुम्लामा एक हजार नौ सय ४० जना सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो ।
जुम्लाका कूल ६८ हजार ६ सय ३८ जना मतदाता रहेका छन् ।









प्रतिक्रिया राख्नुहोस्