कैलालीका ५२ वटा मतदान स्थल अति संवेदनशील
टीकापुर, कैलाली । सुरक्षाका दृष्टिकोणले कैलालीका ५२ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् । जिल्लामा रहेका २३७ वटा निर्वाचन स्थल मध्ये ५३ वटा सामान्य, १३२ वटा संवेदनशील र ५२ वटा मतदान स्थल अतिसंवेदनशील रहेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समितिको बैठकले ती निर्वाचन स्थलको वर्गीकरण गरेको र अहिले प्रशासन कार्यालयले त्यही अनुसार काम गरिरहेको उहाँले बताउनु भयो । गएको स्थानीय तहको निर्वाचनको आधार र सीमा क्षेत्रका मतदान स्थल बढी संवेदनशील रहेका छन् ।
मतदान स्थलको संवेदनशीलताका आधारमा सुरक्षा प्रबन्ध मिलाउने र सचेतना अपनाई निर्वाचनलाई स्वच्छ र मर्यादित तवरले सम्पन्न गराउनेमा प्रशासन कार्यालय चनाखो रहेको सूचना अधिकारी जोशीले बताउनुभयो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा २३७ वटा मतदान स्थल र ६२९ वटा मतदान केन्द्र रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्