पोखरामा छठको रौनक (फोटो फिचर)
कास्की । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको तेस्रो दिन आज पोखराको पार्वती छठ घाटमा भक्तजनहरूको भिड लागेको छ । 
विगत तिन दशकदेखि पोखराको केदारेश्वर मन्दिरमा रहेको पार्वती घाटमा व्यवसाय वा रोजगारको सिलसिलामा पोखरा वा आसपासका जिल्लामा रहेका मधेशी समुदायका मानिसहरूको उल्लेख्य उपस्थिति रहेको छ । 
विशेष गरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व पोखरामा पनि विगत केही दशकदेखि भव्य रुपमा मनाउन थालिएको छ । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सोमबार बिहान उदाउँदो सूर्यको दर्शन गर्ने गरिन्छ ।
पोखरा लेक साइडमा रहेको पार्वती घाटलाई बेहुली झैँ सिँगारिएको छ । नदी वा पोखरीको छेउमा रातभर जाग्राम बसेर छठी माताको उपासना गरिन्छ । 
सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।












प्रतिक्रिया राख्नुहोस्