सल्यानका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)
सल्यान । दशै तिहार जस्ता ठूला चाड सकिएसँगै जिल्लाका किसानलाई पहेँलपुर भएको पाकेको धान भित्र्याउन चटारो परेको छ । किसानहरूलाई धान कुट्न, दाइँ गर्न, पराल बोक्न, खनजोत गर्ने काममा भ्याइनभ्याई छ ।
असोजको तेस्रो साता अविरल पानीले केही क्षति पुगेपछि आत्तिएका किसानहरू बिहानको भालेको डाकोसँगै खेतबारीमा पुगेर जुनेली रात नपर्दासम्म घर फर्किन फुर्सद पाएका छैनन् ।

जिल्लाका विशेषगरी, शारदा नदी किनार, मर्मखोला, बनगाड खोला, रेशम जिउला, गरि जिउला लगायतका दिनभर खेतबारी व्यस्त हुने गरेका छन् ।
किसानहरू खेतबारीमै व्यस्त हुन थालेपछि मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेको उम्मेदवारहरू पनि मतदाता रिझाउन खेतबारीमै पुग्ने गरेका छन् ।

सल्यानमा सात हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमा वार्षिक २९ हजार ३ सय ७२ मेट्रिकटन धान उत्पादन हुँदै आइरहेको छ ।









प्रतिक्रिया राख्नुहोस्