पत्रकारिता र लोकतन्त्र एउटा सिक्काका दुई पाटा हुन् : गृहमन्त्री खाण
भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले पत्रकारिता र लोकतन्त्र एउटा सिक्काका दुई पाटा भएको बताउनुभएको छ ।
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन २०७९ को ५ दलीय गठबन्धनको संकल्पपत्र सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाणले लोकतन्त्रको आधारशिलालाई बचाउन पत्रकारिताको महत्त्वपूर्ण योगदान रहेको बताउँदै पत्रकारिता सक्षम भएमा लोकतन्त्र सक्षम हुने बताउनुभयो ।
तीनै तहका सरकारले पत्रकारिताको सुरक्षा, वृद्धि र विकासका लागि कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं ३ का उम्मेदवार समेत रहनुभएका गृहमन्त्री खाणले ५ दलीय गठबन्धनको सङ्कल्प पत्र सार्वजनिक गर्नु भएको हो ।

रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नं ३ प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री खाणले समुन्नत नेपाल सम्पन्न नेपाली निर्माणका लागी ५ दलीय गठबन्धनलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
५ दलीय गठबन्धनको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा ३ ख का उम्मेदवार रामचन्द्र ढकाल, लोसपाका नेता तथा प्रदेश सभा सदस्य ३ क का उम्मेदवार सन्तोष पाण्डे, जनमुक्ति पार्टीका नेता मोजिब अलि, नेपाली कांग्रेसका क्षेत्रिय सभापति सुशील गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।
५ दलीय गठबन्धनले रुपन्देही ३ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई सहयोग गर्ने भएपछि २ मा जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलिले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाणलाई समर्थन गर्नुहुने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्