तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवादेखि तनहुँसम्मको साइकल यात्रा सुरु

भैरहवा । रुपन्देहीको भैरहवादेखि तनहुँसम्मको साइकल यात्रा सुरु भएको छ। साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोट सम्मको चार दिने साइकल यात्रा सुरु गरेको हो ।
साइकल यात्राको भैरहवाको लुम्बिनी गेटबाट हरियो झण्डा फहराई गृहमन्त्री बालकृष्ण खाणले यात्रा प्रारम्भ गरि बिदाइ गर्नुभएको थियो। त्यस अवसरमा गृहमन्त्री खाणले पछिल्लो समय साइकल यात्रा गर्नेहरुको सङ्ख्या बढ्दै गएको बताउँदै यसले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताउनुभयो ।
उहाँले हरेक मानिसलाई स्वस्थ राख्न पनि साइक्लिङले सहयोग पुग्ने जनाउनुभयो। उहाँले  हरेक युवा र अन्य सबैलाई साइक्लिङ गर्ने बानीको विकास गराउनु पर्नेमा जोड दिनुभयो । मन्त्री खाणले साइकल लेन निर्माणमा सरकार प्रतिबद्ध रहेको जनाउनुभयो ।
आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवा देखि तनहुँको (रम्भा –मानुङकोटको) ४ दिने साइकल यात्रा’ को  सुरुवात गरिएको यात्राका संयोजक राजेश खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button