तपाईँ सुन्दै हुनुहुन्छः

विश्वले दोस्रो विश्वयुद्ध पछिको सबै भन्दा खतरनाक दशकको सामना गर्नु पर्ने पटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विश्वले दोस्रो विश्वयुद्ध पछिको सबै भन्दा खतरनाक दशकको सामना गर्नु पर्ने चेतावनी दिनु भएको छ ।

हिजो एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पुटिनले युक्रेन माथि आक्रमण गर्नु न्यायोचित रहेको बताउनु भयो ।

राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रहरूले रुसले आणविक हतियार प्रयोग गर्ने भनेर अफवाह फैलाइ मित्र राष्ट्रहरूलाई भड्काएको आरोप लगाउनु भयो ।

पश्चिमा राष्ट्रहरूले रुसले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिँदै आएको आरोप लगाउँदै आएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button