तपाईँ सुन्दै हुनुहुन्छः

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटोफिचर)

काठमाडौँ । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरिरहनुभएको छ  ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
दिदी–बहिनी नहुनेका लागि आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू आज बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । दाजुभाइ तथा दिदीबहिनीहरू नहुनेले आज रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण समेत गरेका छन् ।
आज बिहानैदेखि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टिका लगाउनेहरू भीड बढेको रहेको  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button