गाउँपालिकाद्वारा अग्निपीडित परिवारलाई राहत वितरण
सप्तरी । तिलाठी कोईलाडी गाउँपालिका ५ बनरझुलाका योगी मुखियाको घरमा कात्तिक ८ गते आगलागी भएको छ।
अग्निपीडित परिवारलाई गाउँपालिकाबाट आज राहत सामग्री वितरण गरियो। त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडाध्यक्ष ललन राउत, गाउँपालिकाको सामाजिक विकास शाखाका किशोर कुमार झा लगायतको सहभागिता रहेको थियो।
गाउँपालिकाबाट त्रिपाल, भुजा, च्यूरा, नुन, भुजिया, बाल्टिन, मग, साडी, धोती, लुङ्गी, कम्बल, झुल, बेड सिट लगायतका सामाग्री वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्