चितवन मेडिकल कलेज शिक्षण अस्पताल अगाडि शङ्कास्पद वस्तु फेला
चितवन । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–गोन्द्राङ सडक खण्डअन्तर्गत चितवन मेडिकल कलेज शिक्षण अस्पताल अगाडि शङ्कास्पद वस्तु फेला परेको छ ।
अहिले नेपाली सेनाको टोलीले उक्त स्थान नियन्त्रणमा लिएको छ । शङ्कास्पद वस्तु बम भएको आशङ्कामा सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ ।
शङ्कास्पद वस्तु फेला परेपछि हाल पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । दिउँसो साढे दुई बजेतिर शङ्कास्पद वस्तु भेटिएपछि राजमार्ग सिल गरिएको चितवन प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । सवारी साधनलाई वैकल्पिक बाटोबाट पठाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्