तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा भिन्तुना र्‍याली प्रदर्शन

भक्तपुर । नेपाल संवत्को नयाँ वर्ष ११४३ को अवसरमा आज भक्तपुरमा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ ।
नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको र्‍याली भक्तपुर नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।
च्याम्हासिंहबाट सुरु भएको र्‍याली सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, दरबारस्क्यावर हुँदै खौमा पुगेर जगतसुन्दर मल्लको शालिकमा माल्यार्पण गरी समापन भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button