तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली (फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button