तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वसांसद श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वसांसद मञ्च, नेपालले पूर्वसांसद मैयाँदेवी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । मञ्चको आजीवन सदस्य रहनुभएकी श्रेष्ठको शनिबार चितवनमा निधन भएको थियो ।
विसं १९८५ असोज ५ गते जन्मनुभएकी पूर्वसांसद श्रेष्ठ २०५१ सालमा गोरखा–२ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य र २०५८ मा राष्ट्रियसभामा निर्वाचित सदस्य हुनुहुन्थ्यो । उहाँले २००३ सालदेखि राष्ट्रिय कांग्रेस पार्टीमा संलग्न भई अनवरत रूपले नेपाली काँग्रेसको विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो ।
मञ्चका महासचिव शङ्करनाथ शर्मा अधिकारीले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button