तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची मेयर कप ब्याडमिन्टनको उपाधि राजन र किसनको जोडीलाई

सिन्धुपाल्चोक । दोस्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
आज सम्पन्न जिल्ला स्तरीय फाइनलतर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडी पहिलो भएको छ । त्यस्तै चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडी दोस्रो र चौताराका सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडी त्यस्तै बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको जोडी तेस्रो भएका छन् ।
प्रतियोगितामा ४० वर्षमाथिका खुल्ला पुरुष डबल्समा पहिलो हुनेमा कुमार सापकोटा र राजनमान श्रेष्ठ, दोस्रो हुनेमा नारायणलाल श्रेष्ठ र रविन बोम्जन, तेस्रो हुनेमा चौताराका उपेन्द्र गोले र अमृत श्रेष्ठ चौताराकै अजय पराजुली राकेश थापा रहेका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३३ हजार ३३३, २२ हजार २२२ र ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न नगर स्तरीय प्रतियोगितामा सिनियरतर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडी पहिलो, कुमार सापकोटा र अनिश दुलाल दोस्रो त्यस्तै रुद्र शरण श्रेष्ठ र सुदर्शन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडिले तेस्रो स्थान प्राप्त गरेका छन् ।
जुनियरतर्फ रोशन तिवारी र दीपराज तामाङको जोडी पहिलो, सन्तोष कोइराला र दिपक दुलाल दोस्रो, प्रकाश श्रेष्ठ र क्रान्ति तामाङ तथा हरिकृष्ण दुलाल र नारायण सापकोटाको जोडी तेस्रो भएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो । प्रतियोगितामा दुवैतर्फका पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेको नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button