टी–२० विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग अस्ट्रेलिया ८९ रनले पराजित

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ चरणको पहिलो खेलमा आज अस्ट्रेलिया न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको छ ।
टर हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०० रन जोड्यो । उत्कृष्ट ब्याटिङ गरेको न्युजिल्यान्डले विशाल योगफल बनाउने क्रममा डेभन कन्भेले सर्वाधिक अविजित ९२ रन र फिन एलेनले १६ बलम ४२ रनको योगदान गरे ।
२०१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले सुरुवाती ओभरबाटै विकेट गुमाएर दबाबमा आयो । समालिएर खेल्न नसक्दा १७.१ ओभरको खेलमै सबै विकेट गुमाएर अस्ट्रेलिया १११ रनमा समेटियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन जोडे ।
अस्ट्रेलियाको इनिङ्स धरासयी बनाउन न्युजिल्यान्डका टिम साउदी र मिचेल सान्टनरले ३/३ विवेट लिए भने टे«न्ट बोल्टले २ विकेट लिए ।
सुपर १२ चरणमा दोस्रो समूहमा भोलि आइतबार पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्