तपाईँ सुन्दै हुनुहुन्छः

ह्विलचियरमा अन्नपूर्णकाे यात्रा

काठमाडौं । अन्नपूर्ण ट्रेल पदयात्रा गर्ने लक्ष्यसहित १० शारीरिक अशक्तसहित ६० इजरायली पदयात्रीको टोली शुक्रबार अन्नपूर्ण ट्रेलतर्फ प्रस्थान गरेको छ ।

नेपाल स्थित इजरायली दूतावासका अनुसार नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित  ह्विलचियर चढ्ने १० पदयात्रीसहितको टोली अन्नपूर्ण ट्रेल पदयात्राका लागि नेपाल आएको हो । 

पदयात्रामा रहेका शारीरिक अशक्त पदयात्रीहरूको कम्मर मुनिका भाग नचल्ने भएकोले उनीहरू ह्विलचियरको सहायतालेनै ट्रेकिङ गर्ने दूतावासले जनाएको छ ।

नेपालको सुन्दर हिमाल पदयात्रा गर्न शारीरिक अवस्था बाधक नहुने सन्देश दिन उनीहरूले ह्विलचेयरकै सहारामा पदयात्रा गर्न लागेको दूतावासले जनाएको छ । 

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको पदयात्रीको टोलीलाई  नेपालका लागि इजरायलका राजदूत खनान गोदेरसहित परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डका प्रतिनिधिले स्वागत गर्नुभएको थियो । 

दूतावासले सबै पदयात्रीहरूलाई सफल यात्राको कामना गरेको छ।

राजदूत गोदरले नेपाल प्राकृतिक स्रोतको धनी रहेको भन्दै  यहाँका विश्व प्रसिद्ध हिमालहरुले इजरायली पदयात्रीहरूलाई आकर्षण गरिरहेको जनाउनुभयो । 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button