तपाईँ सुन्दै हुनुहुन्छः

आचारसंहिता विपरीत करका दायरा हेरफेर गरिएकोप्रति स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशलाई निर्वाचनको उम्मेदवारी दर्ता भइसकेको अवस्थामा करका दायराहरूमा हेरफेर गरेको भन्ने सम्बन्धमा प्रदेश सरकारलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले सो विषयमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्पष्टीकरण पत्र पठाइ प्रदेश सरकारबाट नीति तथा कार्यक्रम पारित भइसकेको अवस्थामा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भई सकेपश्चात् प्रदेश सरकारले करका दरहरूमा हेरफेर गरेको भन्ने सूचना प्राप्त भएको विषयमा आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा “वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने” भन्ने व्यवस्था छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button