तपाईँ सुन्दै हुनुहुन्छः

विप्रेषण रकम १९.८ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा आउने विप्रेषण रकम १९.८ प्रतिशतले वृद्धि भएको छ ।

दुई महिनाको अवधिमा विप्रेषण रकम वृद्धि भई १८७ अर्ब ४ करोड पुगेको नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १६९.९ प्रतिशतले वृद्धि भई १,०३,८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा दुई महिनामा मूल्य वृद्धि ८.६४ विन्दुमा पुगेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button