प्रधानमन्त्री कप छनोट : तनहुँको दोस्रो जित
दमौली । प्रधानमन्त्री कप क्रिकेट छनोट खेलमा तनहुँले दोस्रो जित निकालेको छ ।
पोखरामा जारी छनोटअन्तर्गत आज भएको खेलमा तनहुँले स्याङ्जालाई पराजित गरेको हो ।
पहिलो खेलमा तनहुँले कास्कीमाथि विजय हासिल गरेको थियो । तनहुँले हालसम्म कास्कीलाई पराजित गर्न सकेको थिएन । पहिले ब्याटिङ गर्दै स्याङ्जाले १७५ रन बनाएको थियो । तनहुँका लागि सन्दीप पराजुलीले ४, विनय भण्डारी र प्रदीप अर्यालले २–२ विकेट लिनुभयो ।
दोस्रो ब्याटिङ गरेको तनहुँले पाँच विकेट बाँकी रहँदै लक्ष्य भेटाउँदै विजय हासिल गरेको तनहुँका कप्तान चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।
खेलमा तनहुँका समिर कँडेल ५४ रन बनाएर म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।
छनोट खेलअन्तर्गत शनिबार तनहुँले नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्