तपाईँ सुन्दै हुनुहुन्छः

लजको कोठाभित्र गोप्य रुपमा भिडियो रेकर्ड गर्ने एक जना पक्राउ

काठमाडौँ । लजको कोठाभित्र गोप्य रुपमा भिडियो रेकर्ड गर्ने एक जनालाई  नेपाल प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त महाराजगन्जको टोलीले असोज २ गते काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने क्याफेका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गेष्ट हाउसमा बस्ने विभिन्न व्यक्तिको अश्लिल भिडियो रेकर्ड गरेकाले मालीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

प्रहरीले पक्राउ व्यक्तिले रेकर्ड गरेको भिडियोसहित आइफोन १२ प्रो म्याक्स मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ मालीलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button