देवकोटा जयन्तीको अवसरमा उहाँका रचना वाचन
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १४ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आज देवकोटाको व्यक्तित्व चर्चा एवं उहाँका रचना वाचन कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा.जगमान गुरुङले देवकोटा नेपाल भाषा साहित्यका बहुमुखी प्रतिभाका धनी व्यक्तित्व भएको बताउनुभयो ।
त्यसैगरी प्राज्ञ डा. देवी नेपालले देवकोटाको काव्य प्रवृत्तिका बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा कविहरू मन्जिला अनिल, रेजिना आपगाईँ, देवु लुइँटेल, रामेश्वर राउत मातृदास र बलराम दाहालले देवकोटाका रचना वाचन गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्