टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिजलाई पराजित गर्दै आयरल्यान्ड सुपर १२ मा

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज भएको समूह ‘बि’ को पाँचौँ खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै सुपर १२ चरणमा प्रवेश गरेको छ ।
टर जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १४६ रन जोड्यो । वेस्ट इन्डिजका ब्रान्डन किंगले सर्वाधिक अविजित ६२ रनको योगदान गरे ।
जबाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले १७.३ ओभर खेल्दै १ विकेटको क्षतिमा १५० रन पुरा गरेर लक्ष्य भेट्यो । आयरल्यान्डको जितका लागि पाउल स्टिर्लिङले सर्वाधिक अविजित ६५ रन र लर्कन टुकरले अविजित ४७ रन जोडे । यसैगरी, कप्तान एन्डी बल्बिर्नाइले ३७ रनको योगदान गरे ।
हारसँगै वेस्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ ।
आजै समूह ‘बि’ को जिम्बावे र स्कटल्यान्डबीच हुने अन्तिम खेलमा विजयी हुने टोली सुपर १२ मा प्रवेश गर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्