तपाईँ सुन्दै हुनुहुन्छः

सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग

मोगादिसु। सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सोमालियामा अहिले करिब ७६ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेकाले त्यसको सहयोगका लागि उक्त रकम चाहिएको बताइएको हो । संयुक्त राष्ट्रसङ्घीय सहायता निकायहरुले सो कुराको जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सी तथा संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका सोमालियाली उपमहासचिव आदम अब्देलमुल्लाहले सो कुराको जानकारी दिनुभएको हो ।

उपमहासचिव आदम र ती निकायहरुले शुक्रबार सो कुराको जानकारी दिनुभयो । उहाँले भन्नुभएको छ– सोमालियामा दिनप्रतिदिन मानवीय सहायताको खाँचो परिरहेको र यसका लागि विश्वका सहयाता एजेन्सीहरुले सहयोगको मात्रालाई थप बढाउनुपर्ने आवश्यकता छ । अन्यथा केही महिनामा नै यहाँको अवस्था निकै नै नाजुक हुनेछ ।

उहाँले यहाँ खाद्यान्नको अभाव भएको, जसका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको, कतिपय स्थानमा त औषधिको आपूर्ति पनि आवश्यक मात्रामा गर्न नसकिएको पाइएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button