अवैध तरिकाले भारतीय माछाको आयात बढ्दा नेपाली माछा व्यवसायी समस्यामा

वीरगंज । वीरगन्ज लगायत बारा, पर्साका नाकाहरूबाट विगत केही समय यता भारतीय माछाको आयात अनधिकृत रुपमा हुन थालेपछि स्थानीय माछा व्यवसायी तथा कृषकहरू समस्यामा परेका छन् ।
भन्सार विभागको तथ्याङ्कले पछिल्ला केही महिना यता भन्सारमा क्वारेनटाइन चेकजाँच गरी भित्रिने माछाको आयात घटेको देखिएको छ भने भारतबाट माछा भित्रिने क्रम भने बढ्दै गएको छ ।
भन्सार तथा क्वारेनटाइनको बाटोबाट नभई खुला सीमाको फाइदा उठाउँदै माछा तस्करहरूले अवैध चोरी पैठारी गर्न थालेपछि नेपाली माछाले बजार पाउन समस्या भएको माछा व्यवसायीहरूको गुनासो छ ।
गत आर्थिक वर्ष २०७८/०७९ बीरगंज नाका हुँदै भारतबाट १ हजार ६ सय ९३.७२ मेट्रिक टन विभिन्न प्रजातिका माछा आयात भएको भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८४ मेट्रिक टन माछा आयात हुनुले पनि भारतबाट माछा अवैध मार्ग हुँदै भित्रिन थालेको पुष्टि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्