भिरबाट लडेर एकजनाको मृत्यु
अर्घाखाँची। अर्घाखाँचीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भूमिकास्थान नगरपालिका १ ढाकावाङका वीर बहादुर गमालको कार्तिक २ गते बुधबार राती मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भूमिकास्थान नगरपालिकाको धारापानी स्थित साईनरेसुङ्गा बैङ्कबाट बृद्धभक्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टेसालको भिरबाट लडेर गमालको मृत्यु भएको हो । गमाल बाटो देखी झण्डै ८० मिटर तल खसेको प्रहरीको भनाई छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बुधबार दिउसो करिब ४ बजेको समयमा वीर बहादुर गमाल र उनका दाजुले भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्