टी–२० विश्वकप क्रिकेट : आयरल्यान्डद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको समूह बि को तेस्रो खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७६ रन जोड्यो । स्कटल्यान्डका लागि माइकल जोन्सले सर्वाधिक ८६ रनको योगदान गरे ।
१७७ रनको लक्ष्य पछ्याएको आयरल्यन्डले १९ ओभर खेल्दै ४ विकेटको क्षतिमा १८० रन बनाएर लक्ष्य भेट्यो । आयरल्यान्डका लागि कर्टिस काम्फरले सर्वाधिक ७२ रन जोडे ।
दुई खेलमा एक जित र एक हार बेहोरेका दुवै टोली आयरल्यान्ड र स्कटल्यान्डको अङ्क तालिकामा समान २÷२ अङ्क छ ।
आजै समूह बि को चौथो खेलमा वेस्ट इन्डिज र जिम्बावे प्रतिस्पर्धा गर्दै छन् ।







प्रतिक्रिया राख्नुहोस्