रोल्पाको खुङ्ग्रीमा ५ सय ५५ जातको पुष्पखेती

रोल्पा । रोल्पाको शुनिलस्मृति गाउँपालिका वडा नम्बर.२ मा पर्ने खुँङ्ग्री गाँऊमा व्यवसायीकरुपमा पुष्प खेती सुरु गरिएको छ । सुवर्णावती स्वावलम्बन समूहले सयपत्री फूल खेतीबाट रोल्पा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित करिब ५ सय ५५ जातका पुष्प तिहारको लागी तयार गरेको हो ।
तिहारमा भारत र चीनबाट भित्रिने आयातित प्लास्टिकका मालालाई विस्थापन गरी प्राकृतिकरुपमै उत्पादित स्थानीय सयपत्री फुल प्रयोग गराउने र जिल्लाबाट पुष्पको लागि विदेशिने मुद्रा रोक्ने प्रयासस्वरुप पुष्प खेती गरिएको हो ।
करिब १ रोपनी जग्गामा ३५ हजारको लगानी गरी २८ जना महिला सदस्यहरूको समूह मिलेर सामुहिकरुपमा फुल खेती सुरु गरिएको हो ।
महिलालाई आत्मनिर्भर हुनेतर्फ उन्मुख गराउनको लागी पुष्पखेतिको सुरुवात गरिएको र अहिले उत्पादित फुललाई प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री गर्ने निर्णय समूहले गरेको सुवर्णावती स्वावलम्बन समूहकी अध्यक्ष गिता योगीले बताउनुभयो ।
समूहले सुरु गरेको खेतीलाई एक सिजनमा मात्र नभई बाह्रैमहिनामा सहजरुपमा फुल फुलाउने इच्छ्या भए पनि यसका लागि आफूहरूलाई फुलहरूको जात ,खेती गर्ने तरिका र प्राविधिक सहयोगको आवश्यकता रहेको अध्यक्ष योगीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्