तपाईँ सुन्दै हुनुहुन्छः

पदक तालिकाको शीर्ष स्थानमा आर्मी कायमै

पोखरा। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको पाचौं दिन सकिदा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षता यथावत् राखेको छ ।

गण्डकी प्रदेशका मुस्ताङ, मनाङ र लमजुङ बाहेकका जिल्लामा जारी नवौं राष्ट्रिय खेलकुदको पाँचौँ दिन सम्म आर्मीले ८३ स्वर्ण पदक जिदै पदक तालिकामा अग्रता कायम गरेको हो । आर्मीले ५४ रजत र ३७ कास्यसहित कुल १७४ पदक हात पारेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३४ स्वर्ण, २७ रजत र ३८ कास्य पदक सहित ९९ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले २९ स्वर्ण, ३३ रजत र ४८ कास्यपदक सहित कुल ११० पदक हात पार्दै तेस्रो स्थानमा छ ।

बागमती प्रदेशले १५ स्वर्ण, २६ रजत र ३० कास्य सहित कुल ७१ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १४ रजत र ३० कास्य पदक सहित ५६ पदक आफ्नो पोल्टामा पारेको छ ।

सुदूर पश्चिम प्रदेशले ७ स्वर्ण, ४ रजत, १९ कास्य सहित ३० पदक, एनआरएनएले ६ स्वर्ण, ७ रजत ४ कास्य सहित १७ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ६ रजत र १७ कास्य पदक सहित २८ पदक, प्रदेश १ ले ३ स्वर्ण १५ रजत र ३१ कास्य सहित ४९ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र १८ कास्य सहित ३३ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ४ कास्य पदक सहित ६ पदक हात पारेको छ ।
आज हुने खेल तालिका
गण्डकी प्रदेशका जिल्लामा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न खेलहरू हुँदै छन् ।
नवौं राष्ट्रियको छैटौँ दिन बुधबार २६ खेलहरू हुने तालिका रहेको छ ।

गण्डकी प्रदेशका मनाङ मुस्ताङ र लमजुङ बाहेकका जिल्लामा जारी खेलमा एथलेटिक्स पोखरा रङ्गशाला, ब्याडमिन्टन पोखरा रङ्गशालाको कभर्ड हल, टेनिस पोखरा रङ्गशाला, बक्सिङ पोखरा रङ्गशाला, पुरुष भलिबल पोखरा रङ्गशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रङ्गशाला हुनेछ ।

स्क्वास पोखरा रङ्गशाला स्क्वास हल, उसु पोखरा रङ्गशाला कभर्डहल,पुरुष बास्केटबल पोखरा रङ्गशाला, महिला बास्केटबल तनहुँ र आर्चरी पोखरा रङ्गशालामा हुनेछ ।

त्यस्तै ट्रयाथलन लेकसाइट पोखरा, बुद्दिचाल गोर्खा, टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला÷पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग वाणिज्य संघ पोखरा, सुटिङ काठमाडौँ, साइक्लिङ रानीबन पोखरा र रग्बी महिला÷पुरुष भण्डारढिक खेलमैदान पोखरामा हुनेछ ।

नवौं अन्तर्गत नै जिम्न्यास्टिक पोखरा रङ्गशाला, जुडो प्रदर्शनी हल पोखरा, कबड्डी केसी पोखरा क्याटरिङ, तेक्वान्दो म्याग्दी कभर्डहल, खो खो पोखरा ह्यान्डबल एकेडेमी, आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हल, कराते कुश्मा पर्वत, महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरामा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button