पदक तालिकाको शीर्ष स्थानमा आर्मी
पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सकिदा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षता यथावत् राखेको छ ।

सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मी शारीरिक सुगठन र फेन्सिङमा सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनिसकेको छ । एथ्लेटिक्स, पौडी लगायतका खेलमा पनि आर्मीले वर्चस्व जमाएको छ ।

सातौँ र आठौँको च्याम्पियन आर्मी यस पटक पनि सर्वाधिक पदक जित्दै च्याम्पियन बन्ने बाटोमा पुगिसकेका छ । आर्मीलाई दुई विभागीय टोली पुलिस र एपिएफसँगै बागमती प्रदेशले पछ्याइरहेको छ ।

सहभागी सबै ११ टोलीले स्वर्णको खाता खोलिसकेका छन् । हालसम्म १३९ स्वर्ण, १३९ रजत र १८६ कास्य पदक गरी कुल ४६४ पदकको छिनोफानो भइसकेको छ ।

आर्मीले ६२ स्वर्ण, ३९ रजत र २८ कास्य गरी कुल १२९ पदक जितेको छ । पुलिसले २३ स्वर्ण, १७ रजत र २५ कास्य गरी ६५ पदक जितेको छ । एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ स्वर्ण गरी ७४ दिक जितेको छ । बागमतीले १४ स्वर्ण, २२ रजत र १२३ कास्य गरी ५९ पदक हात पारेको छ ।

गण्डकी १० स्वर्ण, ८ रजत र २० कास्य गरी ३८ पदक जितेर पाँचौँ स्थानमा रहको छ । एनआरएनएले ६ स्वर्ण, ६ रजत र ४ कास्य गरी १६ पदक जितेको छ । एनआरएनएले सबै स्वर्ण पौडीबाट जितेको हो ।

प्रदेश १ ले ३ स्वर्ण, ८ रजत र २१ कास्य गरी ३२ पदक जितेको छ । मधेशले २ स्वर्ण, ३ रजत र ७ कास्य गरी १२ पदक जितेको छ । सुदूरले २ स्वर्ण, १ रजत, ११ कास्य गरी १४ पदक जितेको छ ।
लुम्बिनीले १ स्वर्ण, ९ रजत र १२ कास्य गरी १२२ पदक जितेको छ । कर्णाली १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदक जितेको छ ।








प्रतिक्रिया राख्नुहोस्