तपाईँ सुन्दै हुनुहुन्छः

टि–२० विश्वकप क्रिकेटः नामिबिया नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित 

अस्ट्रेलियामा जारी टि–२० विश्वकप क्रिकेट अर्न्तरगत आज भएको समूह ए को तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५ विकेटले पराजित गरेको छ ।

टर जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १२१ रन जोड्यो । नामिबियाका लागि जन फ्राइलिंकले सर्वाधिक ४३ रनको योगदान गरे ।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९।३ ओभर खेल्दै ५ विकेटको क्षतिमा १२२ रन पूरा गर्दै लक्ष्य भेट्यो ।

नेदरल्यान्ड्सका लागि बिक्रमजित सिंहले सर्वाधिक ३९ रन जोडे ।

आजको खेल जितेसँगै नेदरल्यान्ड्स समग्र दुई जितका साथ ४ अंक पाएर समूह ए को शीर्ष स्थानमा पुगेको छ । यस जितले नेदरल्यान्ड्को सुपर १२ चरण पुग्ने सम्भावना बलियो बनेको छ ।

एक जित र एक हारपछि नामिबिया भने २ अङ्कका साथ समूह ए को दोस्रो स्थानमा रहेको छ । एक÷एक खेल हारेका श्रीलङ्का र युएई भने अङ्कविहीन बनेका छन् । आजै समूह ए को चौथो खेलमा श्रीलङ्का र युएई प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button