निर्वाचन आयोग र मानवअधिकार आयोगबिच छलफल
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबिच छलफल भएको छ ।
निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूको सहभागिता रहेको थियो ।
आजै प्रमुख आयुक्त थपलियासँग निर्वाचनमा सामाजिक सञ्जालबाट हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिसँग छलफल भएको छ ।
रासस






प्रतिक्रिया राख्नुहोस्