टि–२० विश्वकप क्रिकेट: जिम्बावेद्वारा आयरल्यान्ड ३१ रनले पराजित
काठमाडौँ । अस्ट्रेलियामा जारी टि–२० विश्वकपअन्तर्गत समूह बि को दोस्रो खेलमा जिम्बावेले आयरल्यान्डलाई ३१ रनले पराजित गरेको छ ।
टर हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १७४ रन जोड्यो । जिम्बावेका लागि सिकन्दर राजाले सर्वाधिक ८२ रनको योगदान गरे ।

१७५ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ९ विकेटको क्षतिमा पूरा २० ओभर खेल्दै १४३ मा समेटियो । आयरल्यान्डका लागि कर्टिस काम्फरले सर्वाधिक २७ रन जोडे ।
समूह बि अन्तरगत आज भएको पहिलो खेलमा स्कटलन्डले वेस्ट इन्डिजलाई ४२ रनले पराजित गरेको थियो ।
मङ्गलवार श्रीलङ्का विरुद्ध युएई र नामिबिया विरुद्ध नेदरलन्ड्सका खेल हुनेछन् ।








प्रतिक्रिया राख्नुहोस्