तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले जनताका विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ : प्रवक्ता महत

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पाँचदलीय गठबन्धनको सरकारले जनताका विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ ।

नेपाली कांग्रेसद्वारा पार्टी केन्द्रिय कार्यालय सानेमामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन सरकार छोटो समयमै कोरोना नियन्त्रण गर्न, विदेश नीतिलाई सन्तुलनमा ल्याउन र जनताका आवाजलाई सम्बोधन गर्न सफल भएको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस  आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको  निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

काँग्रेस प्रवक्ता महतले संविधानको रक्षा, स्थायित्व र मुलुकको समृद्धि काँग्रेसको मुख्य लक्ष्य भएको भन्नुहुँदै व्यक्तिगत आकाङ्क्षा भन्दा पनि परिणाम केन्द्रित भएर कांग्रेस अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button