नवौँ राष्ट्रिय खेलकुद : आज हुने खेल तालिका यस्तो छ

पोखरा।गण्डकी प्रदेशको राजधानी पोखरा र गण्डकी प्रदेशका जिल्लामा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज सोमबार विभिन्न खेलहरू हुँदै छन् ।
नवौं अन्तर्गत सोमबार ३२ खेलहरू हुने तालिका रहेको छ ।सोमबार हुने खेलमा एथलेटिक्स पोखरा रङ्गशाला, ब्याडमिन्टन पोखरा रङ्गशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रङ्गशाला, पुरुष फुटबल गोस्टेघाट/पोखरा रङ्गशाला, महिला फुटबल वालिङ, टेनिस पोखरा रङ्गशाला, बक्सिङ पोखरा रङ्गशाला, पुरुष भलिबल पोखरा रङ्गशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रङ्गशाला हुनेछ ।
यस्तै स्क्वास पोखरा रङ्गशाला स्क्वास हल, उसु पोखरा रङ्गशाला कभर्डहल ,पुरुष बास्केटबल पोखरा रङ्गशाला, महिला बास्केटबल तनहुँ, आर्चरी पोखरा रङ्गशाला, शारीरिक सुगठन पोखरा सभागृह र पौडी फिस्टेल एकेडेमी पोखरामा हुनेछ ।
त्यस्तै बुद्दिचाल गोर्खा, टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला/पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग वाणिज्य संघ पोखरा, सुटिङ काठमाडौँ, साइक्लिङ रानीवन पोखरा, रग्बी महिला/पुरुष भण्डारढिक खेलमैदान पोखरा र कुस्ती गैँडाकोट नवलपुरमा हुनेछ ।
नवौं अन्तर्गत नै जिम्न्यास्टिक पोखरा रङ्गशाला, जुडो प्रदर्शनी हल पोखरा, कबड्डी केसी पोखरा क्याटरिङ, तेक्वान्दो म्याग्दी कभर्डहल, खो खो पोखरा ह्यान्डबल एकेडेमी, आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हल, कराते कुश्मा पर्वत, महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरामा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्