पाकिस्तान बाढीपछिको पुनःस्थापनाको महत्वपूर्ण स्थितिमा : प्रधानमन्त्री
इस्लामावाद। पाकिस्तान जलवायु परिवर्तनका कारण आएको विनाशकारी बाढीपछिको पुनः स्थापनाको मार्गमा अघि बढिरहेको पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बताउनुभएको छ ।
विश्व खाद्य दिवसको अवसरमा बोल्दै आइतबार उहाँले भन्नुभयो, “देश विनाशकारी बाढीपछिको पुनः स्थापनाको मार्गमा अघि बढिरहेको र अहिले निकै कमजोर नाजुक अवस्थामा उभिएको छ ।”
विश्वव्यापी भोकमरी, कुपोषण र सबैका लागि खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न सामूहिक कदम चाल्नुपर्ने आवश्यकताबारे जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
“यस वर्षको नारा ‘कसैलाई पनि पछाडि नछोड्नुहोस’ ले हामीलाई गरिबी र भोकमरी अन्त्य गर्न सामूहिक रूपमा संघर्ष गर्न र हामीले रोजेको खाना र यसको उपभोग गर्ने तरिकाले हाम्रो र हाम्रो ग्रहको स्वास्थ्यमा असर पार्छ भन्ने महसुस गराउँछ,” उहाँले भन्नुभयो ।
सरिफले यस वर्षको मनसुनमा आएको विनाशकारी बाढीले पाकिस्तानलाई तहसनहस पारेको र तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका ठूलो मात्रामा पशुधन, बालीनाली र आवश्यक पूर्वाधारमा क्षति पुगेको पनि उहाँले बताउनुभयो ।
पाकिस्तानको कृषि क्षेत्रको क्षति पनि विश्वभर महसुस गरिने बताउँदै उहाँले पाकिस्तान कपास र चामलको विश्वको शीर्ष उत्पादक र निर्यातकर्तामध्ये एक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थिति निःसन्देह धेरै चुनौतीपूर्ण छ, तथापि, पाकिस्तान गरिबी अन्त्य, स्वास्थ्य र शिक्षामा सुधार र आर्थिक वृद्धिलाई गति दिने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य हासिल गर्न पूर्ण रूपमा प्रतिबद्ध छ ।”सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्