तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कोइराला र युरोपियन युनियनको टोलीबीच भेटवार्ता 

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र युरोपियन युनियन (ईयू)को टोलीबीच भेटवार्ता भएको छ ।

डा.जोइले हिभोनेटको नेतृत्वमा आएको टोलीले मेयर कोइरालासँग भेटवार्ता गरेको हो । 

ईयूको टोलीले महानगरमा बालश्रम, मानवअधिकार र भौतिक विकासको अवस्था विषयमा चासो राखेको थियो । 

सो भेटमा महानगरका मेयर कोइरालाले विराटनगर महानगरपालिकाले बालश्रम न्यूनीकरणका लागि गरिरहेको प्रयास, भएको उपलब्धिसहित स्वास्थ्य र शिक्षाको क्षेत्रमा भइरहेका कामका विषयमा जानकारी गराउनु भएको थियो । 

महानगरपालिकाका प्रमुख कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो  । उहाँले महानगरले स्थापना गर्ने सिटी अस्पतालको निर्माणका लागि सहयोग गर्न ईयूको टोलीसित आग्रह गर्नुभयो  । 

त्यस्तै, विराटनगरमा डुबान समस्या रहेको बताउँदै पूर्वमा रहेको सिंघिया र पश्चिमको केशलिया खोलामा तटबन्ध निर्माणका लागि समेत महानगरले योजना बनाएको उहाँको भनाई थियो  । 

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, इन्सेकका पूर्वाञ्चल प्रमुख सोमराज थापालगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button